+

शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ ।


बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।


विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाले विमति जनाएपछि पारित हुन सकेको थिएन ।

यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउनेगरी पटकपटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित भने हुन सकेको थिएन ।

शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकले बिहीबारदेखि आन्दोलन समेत थालेका छन् ।

पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट