+

विपिन जोशीका परिवार राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका परिवार राष्ट्रपति भेट्न शीतल निवासमा  पुगेका छन् । 


विपिनका आमा पद्मा र बहिनी पुष्पाले आइतबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका हुन् । 

विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले  इजरायलस्थित नेपाली दूतावासको समन्वयमा केही दिनअघि त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए । विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताएका छन्।  उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरेका छन्। 

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।  राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट