+

इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा

काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध जनता  उत्रिन थालेका छन् । इम्बोस्ड नम्बर प्लेटविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। 


 सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत गरिएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा दीपेश केसीले जानकारी दिनुभएको छ।

जाग नेपालीले आइतबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन लिपि राख्न बाध्य पार्नेहरूलाई जनताले चाँडै लखेट्ने गरी कडा आन्दोलन हुने संयोजक डा केसीले चेतावनी  दिनुभएको छ।।

देशको लिपि नामेट पार्न खोज्ने नेतालाई जनताले देशबाटै लखेट्ने केसीले ठोकुवा गर्नुभयो ।  ‘अर्बौँ कमिशनको लोभमा विदेशीलाई नेपाली जनता चुसेर पैसा पनि दिलाउने, देवनागरी लिपि पनि मेटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्छ’ उहाँले भन्नुभयो। केसीले सत्ताको दुरुपयोग गरी आमनेपाली नागरिकलाई मातृभाषा मेटाउने ग्रान्ड डिजाइनविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिकार गर्न आह्वान गर्नु भएको छ।

 ‘माफिया योजनामा देवनागरी लिपि मेटाउने राष्ट्रघातीहरूले जनतालाई डर, त्रास र धम्की दिएका छन्। यस्तो धम्कीबाट विचलित नभई रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्न अपिल गर्दछौँ’ उहाँले भन्नुभयो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै