
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएको छ ।
जसपाले खानेपानीमन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साहलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यादव र साहलाई फिर्ता बोलाएसँगै जसपाले आफ्ना भागमा परेका ती मन्त्रालयमा डा वीरेन्द्र महतो र रञ्जु झालाई पठाउने भएको छ ।
सरकारमा जसपाबाट मन्त्री रहेका दुवै जनाले भदौ ११ गतेभित्र राजीनामा दिने र नाम सिफारिस भएका दुई जना नयाँ मन्त्री सरकारमा सहभागी हुने पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिनुभएको छ।
बस्नेतका अनुसार मन्त्री फेरबदलको निर्णय प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति