
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भङ्गालस्थित निजी निवास शुक्रबार रमझम युक्त रह्यो ।
पूर्वराष्ट्रपति भण्डारीले तीजको अवसरमा आफ्नो निवासमा शुक्रबार राजनीति र समाजका विभिन्न क्षेत्रमा सक्रिय महिलालाई निम्त्याएर दर खुवाउने कार्यक्रम आयोजना गर्नुभएको थियो । त्यही कारण भङ्गाल रमझम युक्त बनेको हो ।
नेपाली नारीहरूको महत्वपूर्ण पर्वको अवसरमा आयोजित यस कार्यक्रममा भण्डारीले सहभागीहरूसँग भेटघाट गर्नुभएको हो।
भण्डारीले गत असार १४ गते राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेपछि सार्वजनिक कार्यक्रम र भेटघाटमा आफ्नो उपस्थिति बढाउँदै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो