+

नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्‍मा पठाइयो पत्र

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ  स्वघोषित संसदीय दलको नेता बन्नुभएको छ । 


नाउपाकी अध्यक्ष श्रेष्ठले  यसअघि संसदीय दलको नेता रहेका गंगाराम चौधरीलाई हटाएर आफूलाई घोषणा गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले गंगारामलाई हटाएर दलको नेताको जिम्मेवारी आफैँले राखेको जानकारीसहितको पत्र संसद् सचिवालयमा समेत पठाउनुभएको छ ।

अध्यक्ष श्रेष्ठले संसद् सचिवालयमा  पठाएको पत्रमा  ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनुभएका मा। गंगाराम चौधरीलाई पार्टीको हितविपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएको’ उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट