+

उखु किसानहरु बक्यौता माग्दै फेरि धर्नामा

काठमाडौँ । उखु किसानहरु बक्यौता माग्दै फेरि धर्ना बसेका छन् । १३ जिल्लाबाट उखुको बोट नै लिएर काठमाडौँ आएका किसानहरुले आइबारदेखि माइतीघरमा धर्ना थालेका हुन् । 


उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१ र ०८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्न माग गर्दै  आन्दोलन शुरु गरेको हो । 

उखु किसानहरुले आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने बताएका छन् ।  

आन्दोलनमा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका करिब ६ सय किसान सहभागी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै