
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको नेपालको हितमा नरहेको बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमसीसी नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको टिप्पणी गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्री खनालले एमसीसी दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने उदेश्यले ल्याइएको धारणा व्यक्त गर्नुभयो । नेपाल सरकारे एमसीसी सम्झौता गरेर अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने माध्यम बनेको नेता खनालको भनाई छ ।
पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौता नेपालको संसदबाट असामान्य ढंगबाट अनुमोदन भएको भन्दै यसले चीन र भारतसँग नेपालको भू–राजनीतिक सन्तुलन माथि गम्भीर असर पुर्याएको .टिप्पणी गर्नुभएको छ । समाजवादी नेता खनालले संसदमा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक भएको भन्दै त्यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन गरेको प्रष्ट्याउनुभएको छ ।
पूर्वप्रधानमन्त्री खनालले राजनीतिक दलहरूले यसमा दोहोरो भूमिका खेलेको आरोप समेत लगाउनु भएको छ । त्यसबाट विद्यार्थी, युवा र बुद्धिजीवीहरूले बेकारमा दुस्ख भोग्नुपरेको उहाँको भनाई छ ।
खनालले एमसीसी सम्झौताले नेपाललाई भारतसँगमात्र विद्युत व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा रहेको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति