
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी समकक्षी भो थि आन सुआनबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमण रहनुभएकी सुआन लगायत प्रतिनिधिमण्डलसँग उपराष्ट्रपति कार्यालयमा आइतबार बिहान भेटवार्ता भएको हो ।
नेपाल– भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा सुआन शनिबार नेपाल भ्रमणमा आउनुभएको हो ।
नेपाल आएकै दिन उपराष्ट्रपति सुआनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गर्नुभएको थियो । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राख्नु भएको छ। उपराष्ट्रपति यादवको भेटवार्तामा त्यसबारे पनि छलफल भएको छ ।
उपराष्ट्रपति सुआनलेआजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ता दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । उपराष्ट्रपति सुआनले त्यसपछि स्वदेश फर्कने योजना छ ।
नेपालमा भियतनामका तर्फबाट उच्चस्तरीय भ्रमण गरिएको यो पहिलो पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी