+

कांग्रेसले मागे उपसभामुख परिवर्तन हुन्छ : सञ्चारमन्त्री गुरुङ

पोखरा । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसले मागेमा उपसभामुख पद परिवर्तन हुन सक्ने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले  प्रेस चौतारी कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा राजनीतिक स्थिरताको लागि उपसभामुख कांग्रेसबाट हुन सक्ने संकेत गर्नुभएको हो ।  ‘एमाले चाहिँ सभामुखमा छ । कांग्रेसले राजनीतिक स्थिरताका लागि उपसभामुख पद माग्यो भने शायद नेताहरुले मिलाउनु पनि पर्छ,’ उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले सभामुख, उपसभामुख पद परिवर्तन हुनु स्वभाविक भएको समेत प्रष्ट्याउनुभयो । ‘अहिले कांग्रेस र एमालेको गठबन्धनको सरकार छ । गठबन्धनमा सहमति भयो भने उपसभामुख चेन्ज हुन सक्छ’ उहाँले भन्नुभयो– राष्ट्रपति, उपराष्ट्रपतिको पद त होइन यो । चेन्ज भइराखेको छ । सभामुख पनि चेन्ज भइराखेकै छन् ।’

सरकार प्रवक्ता गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभामुख बनेकी इन्द्रिरा रानालाई सरकारले हटाउन लाग्यो भनेर गलत हल्ला फैलाएको उल्लेख गर्नुभयो । ‘हटाइहाल्न पर्छ भनेर लागेको भए त हटाइहाल्थ्यौं नी’ उहाँले भन्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट