+

सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौं ।  पहिरोले अवरुद्ध  सिद्धार्थ राजमार्ग सुचारु भएको छ । 


पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा बिहीबार राति १ बजेतिर पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि राजमार्ग शmुक्रबारदेखि सन्चालनमा आएको हो । 

पहिरो पन्छाएपछि सडक दुईतर्फी नै खुलेको र सवारी साधन गन्तव्यमा गइरहेको पाल्पा प्रहरी कार्यालयका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनु भएको छ । 

बाटो बन्द हुँदा पाल्पासहित रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङतर्फ आउ–जाउ गर्ने सवारी साधन र तिनमा सवार यात्रुहरु रातभर सडकमै अलपत्र परेका थिए ।

यसैबीच पहिरोले कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ । गुल्मीको राक्सेमा पहिरो खसेपछि करिडोर .अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारीसाधन बीचबाटोमा रोकिएका छन् ।

पहिरो पन्छाउन डोजर लगायत उपकरण प्रयोग गरिएको जिल्ला प्रहरी  गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट