
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘रोमानिया र नेपालबीच सन् १९६८ देखि कूटनीतिक सम्बन्ध रहेको छ, नेपाल सरकारले नेपाल र रोमानियाबीच विद्यमान यी सम्बन्धलाई मित्रता, सहयोग र जनताको सम्पर्कको बलियो बन्धन बनाउँछ ।’ मन्त्री भण्डारीले नेपालले युरोपेली सङ्घ र अन्य मञ्चहरूमार्फत रोमानियाली सरकारबाट प्राप्त महत्वपूर्ण सहयोगलाई उच्च रूपमा स्वीकार गर्ने राजदूत तानेसित बताउनुभयो ।
भण्डारीले भन्नुभयो– ‘नेपालले रोमानिया लगायत हाम्रा द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूको समर्थन र सद्भावनामा भरोसा गर्न जारी राखेको छ ।’ उहाँले युरोपेली सङ्घ र रोमानिया जस्ता विश्वसनीय विकास साझेदारहरूबाट ठूलो मात्रामा नेपालले स्रोत, प्रविधि समर्थन र साझेदारी चाहेको बताउनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो– ‘रोमानिया प्रमुख व्यापार साझेदार बनेको छ, नेपालले मुख्यतया ‘कोटेड फ्ल्याट रोल्ड’ फलाम, विभिन्न कपडा र मुख्यतः प्याकेज गरिएका औषधि, कम्प्युटर र अन्य अत्यावश्यक वस्तु आयात गर्छ, हामी पारस्परिक आर्थिक लाभका लागि हाम्रा मार्ग फराकिलो बनाउने लक्ष्य राख्दै हाम्रो व्यापार सम्बन्धलाई थप अन्वेषण र विस्तार गर्न इच्छुक छौं ।’
नेपाल–रोमानिया सम्बन्ध आगामी दिनमा थप सुदृढ हुदैं जानेमा विश्वास व्यक्त गर्दै उहाँले दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा प्राप्त गर्न नेपाल प्रयासरत रहेको बताउनुभयो । साथै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान गर्न नेपालले व्यापार र लगानीलाई उच्च प्राथमिकता दिएको उहाँले जानकारी गराउनुभयो ।
हालै सम्पन्न लगानी सम्मेलनले लगानीका क्षेत्र पहिचान गरेको र लगानीमैत्री नीतिगत तथा कानुनी व्यवस्था गरेको मन्त्री भण्डारीले राजदूत तानेलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘म महामहिम मार्फत रोमानियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आव्हान गर्दछु, व्यवसायी–व्यवसायी बीचको आर्थिक सम्बन्धको सुदृढीकरण गरी द्विपक्षीय र निजी क्षेत्रको अगुवाइमा आर्थिक क्षेत्रको समृद्धि हासिल गर्न सरकार प्रयत्नरत छ, नेपालको व्यापार पूर्वाधार र अन्य प्राथमिकताका विकास क्षेत्रमा थप युरोपेली लगानी आउनेमा म आशावादी छु ।’
मन्त्री भण्डारीले नेपालबाट रोमानयामा निर्यात हुने वस्तुको पहिचान र विकास गर्न द्विपक्षीय व्यापारको पर्याप्त सम्भावना रहेको जानकारी गराउँदै यसका लागि आगामी दिनमा थप सहकार्य गर्नुपर्ने देखिएको बताउनुभयो ।
त्यस क्रममा राजदूत तानेले मन्त्री भण्डारीलाई रोमानिया भ्रमणका लागि आग्रह गर्नुभयो । उहाँले रोमानियाले नेपालमा कृषि, उर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताउनुभयो । राजदूत तानेले मन्त्री भण्डारी रोमानियामा हस्तकलाका सामग्रीको बजार राम्रो रहेको जानकारी गराउनुभयो । उहाँले नेपालबाट रामानियामा हस्तकलाका सामग्री निर्यातको वातावरण बनाउन मन्त्री भण्डारीलाई आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’