+

सिंहदरबारमा आगजनी

काठमाडौँ । जेनजी आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका छन्।


सिंहदरबारभित्र रहेका प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालयमा आगजनी गरेका हुन्। हजारौंको संख्यामा सिंहदरबार पुगेका आन्दोलनकारीले मन्त्रालयसहितका महत्वपूर्ण कार्यालयहरुमा आगलागी गरेका हुन्। यसअघि आन्दोलनकारीले आजै संसद भवनमा पनि आगलागी गरेका थिए।

जेनजी आन्दोलनको दोस्रो दिन सोमबार सार्वजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ।

अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ।

ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन्। मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै