+

बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह

काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा आन्दोलनरत ‘जेनजी’ पुस्ताका प्रदर्शनकारीहरूले नयाँ बानेश्वर क्षेत्रमा निर्धारण गरिएको निषेधित क्षेत्र तोडेका छन्।


प्रहरीले बानेश्वरतर्फ सडक अवरुद्ध गर्न ब्यारेकेड लगाएर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूको धकेलाधकेल र चाप बढेपछि ब्यारेकेड भत्किएको हो। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको छ।

भीड तितरबितर पार्ने प्रयासमा प्रहरीले हस्तक्षेप गर्दा प्रदर्शनकारीहरू र सुरक्षाकर्मीबीच धकेलाधकेल र झडप समेत भएको छ। प्रदर्शनकारीहरूले कागज, सडक छेउमा भेटिएका रुखका हाँगाका टुक्रा र पानीका बोतलहरू प्रयोग गरेर सुरक्षाकर्मीहरूलाई निशाना बनाएका छन्।

प्रदर्शनकारीहरू प्रधानमन्त्री तथा सरकारविरुद्ध नाराबाजी गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै