
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा आज जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गरेका छन्।
पोखरा सभागृह अगाडि भेला भएका प्रदर्शनकारीहरूले “भ्रष्टाचार मुर्दावाद”, “मान्छे बेच्न पाइँदैन”, “केपी ओली मुर्दावाद” जस्ता नारा लगाउँदै सरकारविरुद्ध आक्रोश व्यक्त गरे। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि प्लेकार्डसहित नाराबाजी गरेका थिए।
प्रदर्शनमा विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। उनीहरूले सामाजिक सञ्जाल बन्दले व्यवसाय ठप्प भएको, रोजगारी गुमेको, र देश–विदेशमा रहेका आफन्तसँग सम्पर्क विच्छेद भएको गुनासो गरेका छन्।
प्रदर्शनकारीहरूका अनुसार, सरकारले भ्रष्टाचार ढाकछोप गर्नकै लागि सामाजिक सञ्जाल बन्द गरेको आरोप लागेको छ। “अब नयाँ पुस्ताले चुप बस्ने समय छैन, भ्रष्टाचारविरुद्ध सडकमा उत्रनुको विकल्प छैन,” एक सहभागीले बताए।
जेन जी आन्दोलन हाल देशका विभिन्न सहरमा फैलँदै गएको छ, जहाँ युवाहरू भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध संगठित रूपमा आवाज उठाइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा