
काठमाडौँ । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध ‘ ‘जेनजी आन्दोलन’ले आयोजना गरेको विरोध प्रदर्शनका कारण बबरमहलदेखि नयाँ बानेश्वरसम्मको सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ।
माइतीघर मण्डलाबाट शुरु भएको विरोध ¥याली बबरमहल हुँदै नयाँ बानेश्वरसम्म फैलिएको छ, जहाँ प्रदर्शनकारीहरूले सडकका दुबै लेन ओगटेका छन्। प्रदर्शनका कारण सवारी साधनहरू चल्न सकेका छैनन्।
संघीय संसद भवनतर्फ प्रदर्शनकारीहरू पुग्न नदिन सुरक्षा निकायले बबरमहल क्षेत्रमा ब्यारिकेड राखी सडक पूरै बन्द गरेका छन्। प्रदर्शनकारीको व्यापक उपस्थितिसँगै आन्दोलन स्थल वरपर सुरक्षा सतर्कता बढाइएको छ।
‘जेन जेड’ नाम दिइएको यो युवा आन्दोलन पछिल्लो समय सामाजिक सञ्जालमार्फत तीव्र गतिमा फैलिएको छ। सहभागीहरूले सरकारको सामाजिक सञ्जाल नियन्त्रण र निरन्तर भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका छन्।
सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ। सडक कहिलेसम्म खुला हुन्छ भन्ने विषयमा भने सुरक्षा निकायले आधिकारिक जानकारी दिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा