+

जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !

काठमाडौँ । सरकाले सामाजिक सञ्जाल बन्द गराएको विरोधमा जेनजी पुस्ताका हजारौँ यूवाहरुले राजधानी काठमाडौँ सहित देशभर प्रदर्शन गरिरहेका छन् । 



राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सन्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् ।

उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् । प्रदर्शनमा सहभागीहरुले बजार परिक्रमा गरेका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।


भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका जेन जी पुस्ताका यूवाहरु काठमाडौँको बानेश्वरस्थीत निषेधित क्षेत्र नजिक पुगेका छन् । बिहान माइतीघरमा भेला भएका उनीहरु विभिन्न प्लेकार्ड बोकेर नाराबाजी गर्दै बानेश्वरतर्फ लागेका हुन् । अहिले उनीहरु प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै