
विराटनगर । कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ‘कृषि मूल्य सूचना प्रणाली’ तयार गरेको छ ।
उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रममा सूचना प्रणालीको सार्वजनिकीकरण गर्नुभएको छ । मन्त्री खत्रीले बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कृषिमा उन्नति गरेर नै अर्थतन्त्रलाई बलियो तथा समृद्ध बनाउन सकिन्छ । कृषिमा मेहनत गर्ने किसान तथा कृषकलाई पहिचान गरेर सरकारले आवश्यक सहुलियत दिने योजना रहेको छ । कृषि उत्पादनको उचित मूल्यको पारदर्शिताले सुशासनमा सुधार आउँदछ ।’
उहाँले कृषि संवाद कार्यक्रम सञ्चालन गरेर कृषकसँग भएका ज्ञान, सीप र क्षमतालाई विस्तार गर्न निर्देशन दिनुभयो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले कृषि मूल्य सूचना किसानसम्म सही तरिकाले पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आयातित कृषि उत्पादनले यहाँका कषक निकै मर्कामा परेकाले यसतर्फ सरकारको ध्यान जानुपर्छ भन्नुभयो । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कृषि मूल्य सूचना प्रणालीले वस्तु उत्पादन गर्ने कृषक, व्यापारी र उपभोक्तालाई सहज हुने धारणा राख्नुभयो ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सूयविनायक नगरपालिका इलामका प्रमुख रणबहादुर राई, मन्त्रालयका प्रशासन तथा योजना प्रमुख पशुपति पोखरेल, धरान कृषि थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराई, उदयपुरका ईश्वर रानामगर, विर्तामोड झापाका राजेन्द्र कडरिया र खगेन्द्र महतो र प्राविधिक रेशिका कोइरालाले पनि बोल्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै