
चितवन । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मुलुकमा पर्यटन क्षेत्रको सुधारका लागि आर्थिक क्षेत्रको सुधार हुन आवश्यक रहेको बताउनुभएको छ।
भरतपुर भ्रमण वर्ष २०२४’ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नागरिकको आयस्तर सुधार भयो भने मात्रै पर्यटनको विकास गर्न सकिने बताउनुभयो ।
‘मानिसको जीवनस्तर नउठे पर्यटनमा लगानी गर्न सक्दैनन् । अर्को पाटो आर्थिक विकास र समृद्धि हो’ रेग्मीले भन्नुभयो– ‘पर्यटनको विकासका लागि आर्थिक विकास महत्वपूर्ण छ ।’ उहाँले अहिले नेपालको पर्यटन क्षेत्र फराकिलो बन्दै गएकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
‘पहिले मनोरञ्जन र रमाइलोका लागि पर्यटक आउने गर्दथे । अहिले अध्ययन र आध्यात्मिकका लागि विदेशी पर्यटक यहाँ आइरहेका छन्’ रेग्मीले भन्नुभयो । उहाँले विदेशी पर्यटकलाई यहाँ बसाई लम्ब्याउनका लागि सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभयो ।
भरतपुर भ्रमण वर्षले नेपालको पर्यटन विकासका लागि राम्रो सन्देश दिएको रेग्मीको भनाइ छ । भरतपुर प्राकृतिकसँगै धार्मिक दृष्टिले पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । ऐतिहासिक तथ्य हेर्दा पनि चितवन र पोखरा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन् भन्दै भरतपुर सधैँ अग्रपङ्तिमा रहने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग