+

कैलालीको खुटिया नदीमा बेपत्ता चार किशोरको शव फेला

कैलाली ।  खुटिया नदीमा डुबेर बेपत्ता भएका चार  किशोरको शव फेला परेको छ । 

गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरी बेपत्ता भएका थिए । 

उनीहरुको शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता  राजकुमार सिंहले जानकारी दिनुभएको छ  । प्रहरीका अअुसार उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट