
काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङलाई ५ दिन कैद र ५ सय रूपैयाँ जरिबानाको फैसला तोकिएको छ ।
भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो । जिल्ला अदालत भक्तपुरले त्यो मुद्दा फैसला गर्दै ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबाना सुनाएको हो।
आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । आज विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिबानाको सजाय गरेको अदालतकी प्रवक्ता हीराकुमारी भण्डारीले जानकारी दिइन् ।
भण्डारीका अनुसार ८ हजार ३ सय रूपैयाँ जाहेरवालालाई क्षतिपूर्ति पनि फैसला भएको छ । यस्तै, पीडित राहतकोषमा दुई(दुई सय बुझाउनुपर्ने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित