
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति गठबन्धन फेरेकोमा कटाक्ष गर्नुभएको छ ।
उपमहासचिव शर्माले बिहीबार बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक संकट र निकास विषय’को अन्तरक्रिया कार्यक्रममा चुनाव लगत्तै सरकारको नेतृत्व गर्ने अवसर आए पनि गठबन्धन फेर्ने अभियानमा लागेका कारणले त्यो गुमेको प्रष्ट्याउनु भयो ।
‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो, केही कामको थालनी पनि भएको थियो,’ प्रचण्डतिर लक्षित गर्दै शर्माले भन्नु भयो । ‘तर आफ्नै बुद्धिले के गर्छस् मंगले, दुःख पाइस् आफ्नै ढंगले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन। अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ। त्यसको जिम्मेवार पनि हामी हौँ।’
उहाँले अब नयाँ पुस्ताले पुराना नेताहरुको भूमिकालाई स्थापित र सम्मान गर्ने तर उनीहरूले गरेका गल्तीबाट सिकेर अघि बढ्नुपर्नेमा समेत जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित