+

कवाड व्यवसायीद्वारा महानगरको कार्यालय पुगेर मेयर बालेनविरुद्ध नाराबाजी

काठमाडौँ ।  आन्दोलनरत कवाड व्यवसायीले काठमाडौं महानगरपालिका कार्यालय  पुगेर मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका छन् ।


काठमाडौँ महानगरको ज्यादतिविरुद्ध आन्दोलनरत व्यवसायीले बिहीबार झरीको प्रवाह नगरी मेयरको कार्यकक्ष नजिक पुगेर नाराबाजी गरेका हुन् । 

भृकुटीमण्डपबाट शुरु भएको र्‍याली कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय पुगेको हो । प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका थिए । सर्वोच्च अदालतको आदेशविपरीत मेयर बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले सर्वोच्चको आदेश पालना गर्न र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने माग राखेका छन् ।

प्रदर्शनकारीहरूले ‘सर्वोच्च अदालतको आदेश पालना गर,’ ‘कवाड व्यवसायीमाथिको अत्याचार बन्द गर,’ ‘बालेनको गुण्डागर्दी र तोडफोड बन्द गर,’ र ‘बालेन, तिम्रो शैलीले सबैले दुख पाए’ जस्ता नारा लगाएका छन्।उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट