
विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको संविधान उत्कृष्ट भए पनि यसको कार्यान्वयनमा राजनीतिक दलहरूको भूमिका कमजोर भएको धारणा राख्नुभएको छ ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान संविधान राजनीतिक तथा अन्तर्राष्ट्रिय सन्दर्भअनुसार सन्तुलित र सुदृढ रहेको बताउँदै त्यसको कार्यान्वयनमा देखिएको कमजोरीकै कारण समस्या उत्पन्न भएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार, संविधानले परिकल्पना गरेका ऐन तथा कानुनहरू बनाउने काममा दलहरू विशेषगरी गठबन्धनमा रहेका पार्टीहरूले सुरुदेखि नै अरुचि देखाउँदै आएका छन्। संविधान अनुसारको ऐन बनाउने पक्षमा दलहरूकै इच्छा शक्तिको अभाव देखिएको बताउनुभएको छ ।
पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन
प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमन संविधानविपरीत नभएको स्पष्ट पार्नुभयो । अन्तर्राष्ट्रिय अभ्यास उल्लेख गर्दै उहाँले राष्ट्रपतिले कार्यकालपछि राजनीतिमा फर्कन नपाउने भन्ने संविधानमा कतै उल्लेख नभएको बताउनुभयो । “विश्वका धेरै मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री वा अन्य उच्चपदमा रहेका व्यक्तिहरू कार्यकालपछि पनि राजनीतिमा सक्रिय रहन्छन्,” प्रचण्डले भन्नुभयो ।
उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै, केपी ओलीकै सहमतिमा उहाँको पार्टी सदस्यता नवीकरण भएको दाबी गर्नुभयो । भण्डारीको ‘प्लान बी’ भन्ने चर्चा मात्र हल्ला भएको र हाल उहाँसँग कुनै सम्पर्क नरहेको समेत बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश