
काठमाडौँ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा हासिल भएका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
केन्याको नैरोबीमा मङ्गलबारदेखि शुरु भएको ‘युनाइटेड नेसन्स इन्भारमेन्ट एसेम्बली’को उद्घाटन सत्रमा मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै राष्ट्रसङ्घीय पद्धति, विश्व वन्यजन्तु कोष लगायत विकासका साझेदारसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
मन्त्री महतोको निजी सचिवालयका अनुसार नेपालको विकासका साझेदार तथा वातावरण संरक्षणमा सक्रिय संयुक्त राष्ट्रसङ्घ लगायत बहुपक्षीय निकायसँगको सहकार्यमा ‘पारिस्थितिक प्रणाली पुनःस्थापनाका दशक’ कार्यक्रममा नेपाललाई सफलता मिलेको उल्लेख गर्दै मन्त्री महतोले यो सफलताले मानव–वन्यजन्तु द्वन्द्वमा चुनौती पनि खडा गरेको टिप्पणी गर्नुभयो । उहाँले वासस्थानको पुनःस्थापनाको परिणामस्वरूप नेपाल पछिल्ला दशकमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएको बताउनुभयो ।
मन्त्री महतोले देशको विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्दै जलवायु परिवर्तनको सामना गर्दा मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित गर्न विश्वव्यापी साझेदारसँग मिलेर काम गर्न नेपाल तत्पर रहेका बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित