
चितवन। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै खैरहनीले उच्चतम अङ्क प्राप्त गर्न सफल भएको नगरप्रमुख शशि खनियाले जानकारी दिनुभयो । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषयक्षेत्रमा खैरहनीले उत्कष्ट अङ्क ल्याउन सफल भएको बताइएको छ । एक सय पूर्णाङ्कमा खैरहनी नगरपालिकाले ९९ अङ्क ल्याएको छ ।
अघिल्ला वर्षहरूमा जिल्लाको प्रथम हुँदै आएकामा यस वर्ष देशको प्रथम हुन सफल भएको उहाँले बताउनुभयो । अनियमितता कम भएका कारण यस पालिका पहिलो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै कुराको व्यवस्थापन गर्न कठिन छ । त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्नसके र कानुनसम्मत चल्नसके सफल भइँदोरहेछ ।” राजनीतिक दल र जनताको भावना बुझेर काम गर्दा यो परिणाम प्राप्त गर्न सफल भएको उहाँको भनाइ छ ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित