
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा बुधबारदेखि एक साता दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज सूचना जारी गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाइन भूमिगत गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार बुधबारदेखि फागुन २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।
पहिलो दिन बुधबार बालुवाटार फिडरबाट वितरण भएको विद्युत् अवरुद्ध हुनेछ। महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिजुली आउने छैन।
१७ गते गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्रमा आपूर्ति बन्द हुनेछ। १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा बिजुली जानेछ। १९ गते हेपाली हाइटदेखि धापासी विद्यालय हुँदै दहालगौँडासम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
२० गते एभरेष्ट बैंक लाजिम्पाटदेखि राष्ट्रपति भवन र टुँडालदेवीसम्मकोे क्षेत्रमा बिजुली आपूर्ति हुनेछैन। २१ गते गोल्फुटार पेट्रोलपम्पदेखि बसुन्धरा क्षेत्रसम्म अवरोध हुनेछ। २२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटल क्षेत्रमा बिजुली जानेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित