
पोखरा। पोखरास्थित गन्धर्व नाटकघरमा कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयमा समावेश नाटक ‘रिफन्ड’ मञ्चन सुरु गरिएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गर्नुभएको हो भने निर्देशन पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गर्नुुभएको छ । पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन हुने नाटक बुकिङ शोमार्फत फागुन ३० गतेसम्म हेर्न पाइने निर्देशक परिवर्तनले जानकारी दिनुुभयो ।
नाटक पहिलो दिन सोमबार गन्धर्व नाटकघरमा दुई शोमार्फत मञ्चन भएको र पहिलो शो पोखरा आदर्श माविका विद्यार्थीलाई देखाइएको थियो । उनीहरुले नाटकमा कलाकारले गरेको अभिनयको प्रशंसा गरे । त्यस्तै दोस्रो शो मार्फत पोखराका विभिन्न्न विद्यालयमा अध्यापनरत शिक्षक तथा सञ्चारकर्मीलाई देखाइयो । नाटकलाई थप परिमार्जन गर्न र विद्यार्थीलाई नाटक हेर्न उत्पे्ररित गर्ने उद्देश्यले यो शो मार्फत मञ्चन गरिएको थियो ।
मञ्चनपछि नाटकलाई थप परिपक्व र आकर्षक बनाउन गरिएको अन्तरक्रियामा सहभागीले सम्रग विषयवस्तु नाटक समूहले गरेको मेहनतको खुलेर प्रशंसा गरेका थिए । नाटकले दिएको सन्देश, प्रस्तुति, विषयवस्तु, प्रयोग गरिएका सामग्रीसमेतको बारेमा दर्शकले आ–आफ्नो धारणा राख्दै नाटकलाई थप आकर्षित बनाउनका लागि गर्न सकिने विषयको सुझाव दिएका थिए ।
कक्षा ११ मा अध्ययनरत विद्यार्थीको दृष्टिकोण र अपेक्षालाई आधार मान्दै दर्शकले सुझाव दिएका थिए । विद्यार्थीको लागि उपयुक्त नाटक बनाउनका लागि नै मञ्चन गर्न लागिएको कारण यसरी सुझाव मागेर परिमार्जन गर्न खोजिएको निर्देशक परिवर्तनले बताउनुुभयो । प्राप्त केही सुझावलाई सम्बोधन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुुभयो । नयाँ पुस्तामाझ नाटकलाई पु¥याउन पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुमा नाटक मञ्चन गर्न थालिएको र त्यसले नयाँ पुस्तालाई नाटकप्रतिको आकर्षण बढाउन सफल भएको उहाँको भनाइ छ ।
यसअघि विद्यार्थीलाई लक्षित गरेर मञ्चन भएका एक चिहान, दुई नाटक, करेसा कन्र्सट लगायतलाईसमेत विद्यार्थीले रुचाएको उहाँले बताउनुुभयो । ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ । नाटकले हाम्रो शिक्षा प्रणालीबारेमा बहस गर्दै सुधार गर्न सघाउने उहाँले बताउनुुभयो । नाटकमा रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय रहेको छ ।
नाटकको प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनि संयोजनमा रोहित पौडेल, प्रचारप्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा सुभेक्षा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा प्रकाश पराजुली रहनुुभएको छ । बुकिङ शो मार्फत् बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत् भने फागुन २६ देखि ३० सम्म साँझ ५ बजे नाटक हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीका लागि रु दुुई सय र अन्यको लागि रु तीन सय र रु पाँच सय शुल्क लाग्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग