
काठमाडौँ । आगामी साउन २३ गते (८ अगस्ट, २०२५) मा रिलिज गरिने फिल्म ‘मोहर’ को फर्स्ट लुक पोस्टर निर्माणपक्षले सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।
‘ए स्टोरी बेस्ड अन अनरिटेन रुल्स’ भन्ने ट्याग लाइन दिइएको फिल्म ‘मोहर’ को सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ ।
यस्तै, अर्का कलाकार अर्जुन जंग शाहीलाई पनि पोष्टरमा देख्न सकिन्छ । पोष्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरिरहेका छन् भने बेनिशाको अनुहारमा डर भाव छ र नीति हर्षित मुद्रामा छिन् । अर्जुन जङ्ग शाही भने गम्भीर मुद्रामा देखिएका छन् ।
फिल्मको पोष्टरमा यसको नाम ‘मोहर’ र मोहरको लोगोलाई ठूलो स्थान दिइएको छ । यस फिल्मका अन्य प्रमुख कलाकारमा मिथिला शर्मा, रवीन्द्र झा, सुशील देवकोटा, मिस पबि, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्मा रहेका छन् ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मोहर’ का निर्माता चुम्बन जंग शाही हुन् । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ । लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौँमा गरिएको निर्माण पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह