
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले महाधिवेशनका लागि मस्यौदामा छलफल गर्न यही फागुन १५ र १६ गते मस्यौदा समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले मस्यौदा लेखनका लागि देशभरबाट आएका सुझावको अध्ययन तथा छनोट गर्न मस्यौदा समितिलाई जिम्मेवारी दिएको हो । महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदामा छनोट गरिएका सुझावलाई समावेश गरिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित भएकामा त्यसको स्वागत गरेको बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा गरिएको उहाँले जानकारी दिनुभयो । समान विचार भएका कम्युनिष्ट पार्टीलाई एकीकृत गर्न समाजवादी मोर्चाले सुरु गरेको अनौपचारिक छलफलको सराहना गरेको बैठकले मोर्चाले आगामी चैत ३ गते सञ्चालन गर्न लागेको नेपाली विशेषताको समाजवाद कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान तथा पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यक्रमबारे समीक्षा गरिएको बैठकले सङ्गठन सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटी परिचालित गर्नेबारे छलफल गरेको प्रमुख खतिवडाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित