
धनगढी । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् ।
सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको उक्त विस्फोटबाट एक्स्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ एक्स्काभेटरले सडकखण्ड फराकिलो पार्ने क्रममा अचानक विस्फोट भएको हो ।” घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
चारैजनाको अनुहार र आँखामा चोट लागेको छ । उनीहरु बोल्न सक्ने अवस्थामा रहेका प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबै कामदार रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ