
अछाम । अछाममा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
बुधबार बिहान से १ ज ४२९ नम्बरको जीप लुग्राबाट साँफेबगर आउने क्रममा चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक दुर्घटना भएको हो । जीप सडकबाट एक सय ५० मिटर तल खसेको छ । दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशानको मृत्यु ुभएको छ ।
इशानको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको अछाम प्रहरी सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक साउदका घाइते १४ जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति