
रुकुम । रुकुम पश्चिममा भूकम्प पीडितका लागि २६ हजार ७ सय ७ वटा अस्थायी आवास निर्माण गरिएको छ । ५ हजार ६ सय ३७ अस्थायी आवास निर्माणाधीन छन् ।
अस्थायी आवास निर्माणका लागि ७५ करोड ११ लाख ५० हजार रुपैयाँ निकासा भएको थियो । जिल्ला प्रशासनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठविसकोट नगरपालिकामा सबैभन्दा बढी ८ हजार ८ सय ९८ वटा अस्थायी आवास निर्माण भएका छन् । चौरजहारी नगरपालिकामा ५ हजार ५ सय ६३, मुसीकोट नगरपालिकामा ६ सय ६६, सानीभेरी गाउँपालिकामा ६ हजार ६ सय ७५, त्रिवेणी गाउँपालिकामा ३ हजार २ सय ६४ र बाँफिकोट गाउँपालिकामा २ हजार ६ सय वटा अस्थायी आवास निर्माण भएका छन् ।
चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७४ हजार, आठविसकोट नगरपालिकामा २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा ३ करोड ८६ लाख ७५ हजार, सानीभेरी गाउँपालिकामा १४ करोड ३३ लाख, त्रिवेणी गाउँपालिकामा १० करोड २८ लाख ७५ हजार र बाँफिकोट गाउँपालिकामा ६ करोड ६० लाख २५ हजार रुपैयाँ भूकम्प पीडितको खातामा रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति