
ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले पाथीभरा दर्शन गर्नुभएको छ। शुक्रबार बिहान हेलिकप्टरबाट आउनुभएका प्रधानसेनापतिले पाथीभरा दर्शन गरेर फर्किनुभएको हो ।
नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका शर्मा पाथीभरा दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किनुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरा दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उहाँले बताउनुभयो । गत वर्ष पनि पाथीभरा दर्शनमा आउनुभएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताउनुभयो । शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग