
काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालले एनजीओग्राम सेवा शुरु गरेको छ । सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन् ।
एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो । यो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ ।
लुम्बिनी प्रदेशमा पहिलो पटक यो सेवा अस्पतालमा शुरु भएको हो । यसअघि यो सेवा लिन त्यस भेगका जनता काठमाडौँ तथा भारत जानुपर्ने बाध्यता थियो । सेवा शुभारम्भ प्रादेशिक अस्पतालका डा अर्जुन बुढाथोकी र डा रोशन घिमिरेको नेतृत्वले गरेको हो ।
‘अस्पतालले निकट भविष्यमै एनजीओप्लास्टी, पेसमेकर सेवा पनि सञ्चालनमा ल्याउन लागेको छ’ डा बुढाथोकीले भन्नुभयो । एनजीओप्लास्टी सेवा मुटुको धमनीमा जाली हाल्ने र पेसमेकर मुटुको चाललाई नियमित गर्न राखिने प्रविधि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो