
रामेछाप । रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ट्र्याक्टरमा सवार २जना दुर्घटनामा घाइते भएका छन् ।
सुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको ट्र्याक्टर मंगलबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार नगरपालिका–८ का मनोज मगर र त्यही वडाका चन्द्रबहादुर शाही घाइते भएका छन् । घाइते मध्ये चन्द्रबहादुरको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति