
काठमाडौँ । रेडियो नेपालले आजदेखि बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रशारण आरम्भ गरेको छ । विश्व रेडियो दिवसका अवसर पारेर रेडियो नेपालले आजदेखि त्यो भाषामा समाचार तथा कार्यक्रम प्रसारण थालेको हो ।
चौबिसै घन्टा प्रसारण हुँदै आएको रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । मधेस प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ ।
पछिल्लो जनगणनाअनुसार नेपालमा बज्जिका भाषा बोल्ने नागरिकको सङ्ख्या करिब ११ लाख ३३ हजार रहेको छ । मधेस प्रदेशमा मैथिली र भोजपुरीपछि धेरै बोलिने भाषाका रुपमा बज्जिका रहेको छ । बज्जिका नेपालमा धेरै बोलिने भाषाको सूचीमा छैटौँ स्थानमा छ ।
त्यो भाषाको समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुशरण गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्थानीय भाषाबाट समाचार र कार्यक्रम सम्प्रेषण गर्दा सञ्चारमाध्यमप्रति स्थानीयको अपनत्व बढ्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस) कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यले सबै भाषाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भाषा, विषयवस्तु र जनशक्तिमा समावेशी सञ्चारमाध्यमको नमुनाका रुपमा रेडियो नेपाल रहेको बताउनुभयो ।
तीन वटा प्रसारण केन्द्रसहित हाल सातवटै प्रदेमा प्रादेशिक प्रसारण कार्यालय र ३२ एफएम रिले स्टेसनबाट रेडियो नेपालले देशभर प्रसारण सेवा विस्तार गरेको छ ।
रेडियो नेपाल ९३ प्रतिशत जनताको पुहँचमा पुगेको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो । रेडियो नेपालको पहुँच शतप्रतिशत भूभाग र नागरिकमाझ पुर्याउने लक्ष्यका साथ काम भइरहेको रेडियो नेपालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति