
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ ।
छात्रवृत्तिका लागि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका जेहेन्दार, गरिब र विपन्न परिवारका एमबिबिएस पढ्न इच्छुक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताउनुभयो ।
नगरपालिकाको एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८० को दफा ५ मा भएको व्यवस्थाअनुसारका कागजातसहित निवेदन दिन सार्वजनिक सूचनामार्फत आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । आव २०८०/८१ को नगर सभाबाट स्वीकृत बजेटअनुसार एमबिबिएस पढ्ने विद्यार्थीका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ ।
प्रत्येक वर्ष नगरपालिकाले एक एमबिबिएस चिकित्सक उत्पादनमा सहयोग गरी नगरवासीलाई दिगो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ गरीब जेहेन्दार, विपन्न परिवारका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति कार्यक्रम अघि सारिएको शाखा प्रमुख भट्टको भनाइ छ ।
योग्यताक्रमको सूचीमा समावेश नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले बताउनुभयो । चिकित्सको अभाव पूर्ति गर्नका लागि सहयोग पु¥याउन छात्रवृत्ति कार्यक्रम अगाडि सारिएको उहाँको भनाई छ ।
छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउनका लागि नगर प्रमुखको संयोजकत्वमा एमबिबिएस अध्ययन छात्रवृत्ति व्यवस्थापन तथा वितरण समिति रहने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा