
मकवानपुर । सधैँ सुक्खा रहने हेटौँडा उपमहानगरपालिका–१२ रोमनटारका बासिन्दा अहिले खोलाबाट एक सय ३५ मिटर पहाड छिचोलेर जग्गामा पानी पुग्दा दङ्ग छन् ।
कोदो र मकैमात्रै उत्पादन हुने यस क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै स्थानीयले बारी बिराएर विभिन्न किसिमका खेती गर्दै आएका छन् । स्थानीय पुरुषोत्तम पुडासैनी अहिले आफ्नै बारीमा व्यस्त हुनुहुन्छ । सिँचाइको सुविधा भएपछि अहिले उहाँलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ ।
उहाँले भन्नुभयो– ‘यो जग्गामा पानी आएर सिँचाइ हुन्छ जस्तो लागेको थिएन, अहिले त हामी हर्षित छौँ ।’ सिँँचाइको अभावका कारण घर चलाउन लामो समयसम्म वैदेशिक रोजगारीमा गएको सुनाउँदै उहाँले अब भने यही कृषि कर्ममा रमाउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘मकै र कोदो लगाउने हामीले यस वर्षदेखि धानखेती गर्न पाएका छौँ, आफ्नै उत्पादनले छ महिनासम्म पनि खान नपुग्ने हामीलाई अहिले धान उत्पादन हुन थालेपछि खानका लागि सस्सया नहुने भएको छ ।’
सिँचाइको व्यवस्था भएपछि आफूले २६ क्विन्टल आलु बिक्री गरिसकेको जनाउँदै उहाँले अझै १० क्विन्टल आलु बिक्रीका लागि तयारी भइरहेको बताउनुभयो । अहिले यहाँका स्थानीयले गहुँ, मकै, तोरी, धान र तरकारी लगाउने गरेका छन् ।
रोमनटार लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष हीरामणि चौलागाईं आफ्नो २०५८ सालदेखिको प्रयास अहिले आएर सफल भएको बताउनुहुन्छ । सिँचाइका लागि केही स्थानमा पाइप जडानको काम बाँकी रहे पनि गत साउनदेखि आयोजनामार्फत सिँचाइका लागि पानी कृषकको घर आँगनमा आउँदा निकै हर्षित भएको उहाँले बताउनुभयो ।
चौलागाईंले भन्नुभयो– ‘आकाशे पानीका भरमा बस्नुपर्ने हामीले अहिले सिँचाइका लागि कुनै समस्या छैन ।’ चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले सिँचाइको व्यवस्था गरेसँगै यस क्षेत्रको एक सय ५० बिघा सुक्खा क्षेत्र सिञ्चित भएको उहाँले बताउनुभयो ।
ठूलो खडेरीमा यस क्षेत्रमा मकै लगाउन नपाउने यहाँका कृषक अहिले तीन बाली खेती गर्न थालेका छन् । सिँचाइबाट दुई सय परिवारभन्दा बढी लाभान्वित भएका छन् । सिँचाइका लागि सीताकाली खोलाबाट पहाड छिचोलेर पानीको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अहिले हामीले तरकारीखेती गरिरहेका छौँ, अब मकै, धान लगायत बाली समयमा नै लगाउन पाउनेछौँ ।’ सिँचाइको सुविधाले जिल्ला बाहिर रहेका छोराबुहारीलाई गाउँ बोलाउने तयारीमा रहेको उहाँले बताउनुभयो ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले खोलाको पानीलाई केन्द्रिकृत गरेर सिँचाइको व्यवस्था गरिएको बताउनुभयो । १ करोड २० लाख रुपैयाँको लागतमा पहाडमा पानी पु¥याउन सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमएस केसिङ प्रणालीबाट सिँचाइको व्यवस्था गरिएको छ ।’ त्यसमा फलामको बाकस बनाएर खोलाको पानीलाई सञ्चित गरेर जमिनमुनि पाँच मिटर गहिरो खाल्डो खनी पाइपका माध्यमबाट पानी पहाडी क्षेत्रमा पु¥याइएको उहाँले जानकारी दिनुभयो ।
मकवानपुरको बकैया गाउँपालिकामा रहेको नयाँ दमार उपभोक्ता समितिले निर्माण गरेको आयोजना र बागमती गाउँपालिकामा राईगाउँ बजार लिफ्ट सिँचाइ आयोजनाले निर्माण गरेको आयोजना पनि सम्पन्न भएका छन् । अन्य दुई आयोजना निर्माणको चरणमा रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० को योजनाअनुसार काम गरिएको उहाँको भनाइ छ । पानीको अभावका कारण सिँचाइको सुविधा पाउन नसकेका जनतालाई सिँचाइको व्यवस्था मिलाएर कृषि उत्पादनमा आकर्षित गर्न लागेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा