
रुकुम । रुकुमपश्चिममा २९ हजार १ सय ३३ भूकम्प पीडितले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कूल ३१ हजार ६ सय २० का लागि पहिलो किस्ता बापतको रकम निकासा भइसकेको छ ।
जिल्लाका ६ वटै पालिकाका २९ हजार १ सय ३३ भूकम्प पीडितले पहिलो किस्ता बापत २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् । उहाँका अनुसार सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा १ हजार ५ सय ४७ ले पहिलो किस्ता बापत रकम प्राप्त गरेका छन् ।
सानीभेरी गाउँपालिकामा ५ हजार ७ सय ६१, त्रिवेणी गाउँपालिकामा ४ हजार १ सय १५, चौरजहारी नगरपालिकामा ६ हजार २ सय ७९ र बाँफीकोट गाउँपालिकामा १ हजार ६ सय ९९ भूकम्प पीडितले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेको बढुवालले जानकारी दिनुभएको छ ।
बढुवालका अनुसार ६ वटै स्थानीय तहमा हालसम्म २५ हजारका दरले ७२ करोड ८३ लाख २५ हजार रुपैयाँ भूकम्प पीडितलाई बितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ३१ हजार ६ सय २० भूकम्प पीडितको लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा ७९ करोड ५ लाख रुपैयाँ पठाएको छ ।
जिल्लामा हालसम्म २४ हजार ७ सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । ५ हजार ९ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो । जिल्ला अझै २ हजार ४ सय ८७ भूकम्प पीडितले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति