
नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवमा अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क वितरण गरिएको छ ।
महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घको आग्रहअनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराएको हो । शुक्रबारदेखि सुरु महोत्सवभित्र स्टल राखेर अवलोकनकर्तालाई एक कप दूध र एक–एक वटा उसिनेको अण्डा वितरण भइरहेको विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मेला–महोत्सवलाई सहयोग पु¥याउन कार्यालयलाई प्राप्त बजेट र अन्य निकायसँगको सहकार्यमा अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराइएको हो ।
“विगतका वर्षमा मेला आयोजकलाई एकमुष्ट नगद सहयोग गर्ने गरिएको थियो”, अधिकृत पाण्डेले भन्नुभयो, “सहयोग गरिएको रकम लक्ष्यअनुसार खर्च गराउन चुनौती देखिएपछि महोत्सव अवलोकनकर्तालाई दूध र अण्डाको नियमित सेवनको महत्वको प्रचारसहित उपलब्ध गराइएको हो ।”
महोत्सवमा दैनिक औसत दुई सय ५० लिटर दूध र पाँच हजार वटा हजार अण्डा खर्च भएको छ । मेला अवधिभरका लागि दूध र अण्डा निःशुल्क पु¥याउन कार्यालयको बजेट अपुग हुने भएकाले सहयोगी निकायसँग सहकार्य भइरहेको विज्ञ केन्द्रका प्रमुख डा रामप्रकाश प्रधानले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार उद्घाटन गर्नुभएको आठौँ नुवाकोट महोत्सव आगामी फागुन ७ गतेसम्म चल्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
‘ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकास ः नुवाकोट संस्कृतिको निकाश’ भन्ने नारासहित जारी महोत्सवले जिल्लाका किसानले उत्पादन गरेका कृषि उब्जनीको बिक्री तथा प्रदर्शनी, धार्मिक र सांस्कृतिकस्थल तथा सम्पदाको प्रचारप्रसारमा जोड दिन केन्द्रित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो