
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको छ । राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको जस्ताको टहरामा करेन्ट सर्ट भई आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोट भक्तपुरबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल थापाको कमान्डमा २९ जनाको टोली, नेपाली सेना भैरव वाहन गुल्मबाट सहसेनानी भगवान केसीको कमान्डमा २० र मध्यपुरथिमि वृत्तबाट नेपाल प्रहरी विकास केसीको नेतृत्वमा १० जनाको टोलीले ३ बजे आगो नियन्त्रणमा लिएको नेपाली सनोका सहसेनानी केसीले जानकारी दिनुभयो ।
आगलागी नियन्त्रणका लागि जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरबाट दुईवटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौँबाट समेत दमकल परिचालन गरिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतितर्फ रु १५ लाख बराबरको क्षति भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति