
बागलुङ । ऋणीहरूले समयमा साँवा तथा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो ।
“पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अब हामीले सहकारी पुराणमार्फत सहकारी शिक्षा प्रदान गर्ने योजना बनाएका छौँ”, सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले भन्नुभयो, “नाम चलेका पण्डित बोलाएर भव्य सहकारी पुराण गर्ने योजना छ ।” सहकारीले पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।
सहकारी पुराण कुनै धार्मिक कार्यक्रमभन्दा पनि सहकारी शिक्षाको कार्यक्रम हुने शर्माले दाबी गर्नुभयो । “पुराणमा सहभागिताका लागि ऋण नतिर्नेलाई बोलाइने छ, अन्य शेयर सदस्यलाई पनि सहभागी गराइने छ, सहकारी पुराणले ऋण नतिर्नेलाई ज्ञान दिने छ”, शर्मा भन्नुहुन्छ, “नियमावलीमा तोकिएका प्रक्रियामा जानुपूर्व हामीले सचेतनामार्फत नै ऋण भुक्तानीको बाटो खोजेका हौँ ।”
सहकारी संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै शर्माले कुनै एक शेयर सदस्यले लिएको ऋण अरु सयौँ शेयर सदस्यको बचत भएकाले नतिरेर सुख नपाइने बताउनुभयो । सहकारीले ऋण असुलीको नयाँ विधिसँगै बचतको नयाँ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
शेयर सदस्यमा बचत गर्ने बानी विकास गर्नका लागि यस वर्ष सङ्कल्प क्रमिक बचत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शर्माले बताउनुभयो । न्यूनतम रु १० लाख पुग्नेगरी पाँचदेखि २० वर्षसम्मको सङ्कल्प बचत गर्न चाहनेलाई यो योजनामा सहभागी गराइने उहाँले बताउनुभयो । न्यून आय भएका शेयर सदस्यले मासिक बचत गर्ने सङ्कल्प गराएर यो बचत सुरु गर्दा उनीहरू धनी बन्ने बाटो खुल्ने शर्माले दाबी गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति