
काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अधिकांश सदस्यले सुरक्षण मुद्रणको काममा सार्वजनिक संस्थालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
समितिको आजको बैठकमा ‘सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा भएको दफाबार छलफलमा नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी र बैंक नोटलगायत सामग्री छपाइका काम निजी क्षेत्रलाई दिन उचित नहुने समितिका सदस्यहरुले राख्नुभएको छ ।
विधेयकमा ‘नागरिकता, राहदानी र बैंक नोट बाहेकका अन्य सुरक्षण सामग्रीसम्बन्धी काम गर्ने गरी नेपाल सरकारले अन्य व्यक्ति वा निकायलाई स्वीकृति दिन सक्नेछ’ भन्ने व्यवस्थाप्रति समितिका सदस्यले विमति जनाउँदै त्यस्तो व्यवस्थाले सार्वजनिक संस्था ओझेलमा पर्ने निजी क्षेत्र प्राथमिकतामा आउने भएकाले त्यसो गर्न नहुनेमा जोड दिनुभएको हो ।
समिति सभापति भानुभक्त जोशीले विधेयकको मुख्य विषयका रुपमा रहेको सुरक्षण मुद्रणसम्बन्धी व्यवस्था प्रत्यायोजित विधायनलाई व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रविधि सुरक्षण मुद्रणसम्बन्धी काममको व्यवस्थामा नवीनतम प्रविधिको विकासलाई दृष्तिगत गरी विधेयकमा समयसापेक्षअनुरुपको व्यवस्था गर्दा उपयुक्त हुने बताउनुभयो ।
बैठकमा सांसद देवेन्द्र पौडेलले सरकारले स्थापित गरेका साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्रलगायत सार्वजनिक संस्थालाई सुरक्षण मुद्रणको जिम्मेवारी दिनेगरी व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
सांसद विद्या भट्टराईले मौजुदा सार्वजनिक संस्थालाई समुन्नत बनाई मुद्रणको जिम्मा दिनुपर्ने बताउनुभयो । “मौजुदा सार्वजनिक संस्थालाई समुन्नत बनाउने पहल गरी जिम्मा लगाऊ”, उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति