
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सञ्चार सम्वद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र अभ्यासको आधारमा अघि बढाउन सरकारसँग माग गरेको छ । महासङ्घका पदाधिकारी तथा सदस्यको बैठकले सरकारले संसद्को चालू अधिवेशनमा सञ्चार विधेयक प्रस्तुत गर्ने तयारी गरेको विषयलाई सकारात्मक रुपमा लिएको जनाएको छ ।
विधेयक पेश गरिँदा महासङ्घसहितका सरोकारवाला पक्षसँगको व्यापक छलफल र परामर्श गरेर संसदीय प्रक्रियामा लैजान महासङ्घले माग गरेको छ । समग्र सञ्चार क्षेत्र नै आर्थिक सङ्कटमा परेको वर्तमान अवस्थामा सञ्चार क्षेत्रलाई संरक्षण गर्ने नीति अवलम्बन गर्दै लोककल्याणकारी विज्ञापनको वृद्धि, समानुपातिक विज्ञापनको वितरण, सञ्चारमैत्री वातावरण निर्माण गर्न र न्यू मिडियालाई बर्गीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गर्न पनि माग गरिएको छ ।
बैठकले महासङ्घको २७औँ महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारी तीब्रताका साथ अघि बढाउँदै केन्द्रीय समितिको बैठक यथाशीघ्र बोलाउने निणर्य गरेको छ । बैठकले महाधिवेशनको प्रयोजनका लागि सदस्यतासहित शाखा, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने आवश्यक तयारी अघि बढाउने निणर्य गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति