
काठमाडौँ। विचित्र गुफा, सुन्दा नै अचम्म । गुल्मीको धुर्कोट गाउँपालिका–५ स्थित वस्तुमा रहेको छ, विचित्र गुफा ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न स्थानीय बासिन्दा गुल्मी सदरमुकाम तम्घासबाट ४ कोस टाढा वस्तुस्थित विचित्र गुफाको संरक्षण र संवर्द्धनमा जुटेका छन् । यो गुफा विचित्र किसिमको रहेको संरक्षण समितिका अध्यक्ष युवराज भण्डारी बताउनुहुन्छ । अध्यक्ष भण्डारीका अनुसार गुफा एक सय ८५ मिटर लामो छ । समितिले अहिलेसम्म गुफाभित्र दुई तलासम्म मात्रै अध्ययन गरेको छ । ‘विचित्र गुफाभित्र धेरै तला छन्’ उहाँ भन्नुहुन्छ – भित्र भएका छुट्टाछुट्टै सुरुङको उत्खनन र अनुसन्धान हुन बाँकी छ ।
अध्यक्ष भण्डारीका अनुसार का अनुसार गुफाभित्र रहेका संरचनालाई स्थानीय बासिन्दाले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायत नामकरण गरेका छन् । गुफा मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटरभित्र ठूलो सभाहल छ । जहाँ पाँच सयजनासम्म अटाउन सक्छन् । सभाहलनजिकै शिवलिंगसहित मन्दिर, राम र कृष्णका मूर्ति, विभिन्न नागका आकृति, गोपीकृष्ण, जटायुलगायत आकृति छन् । सभाहलमाथि सिलिङमा विभिन्न आकृतिहरू कलात्मक बुट्टाले भरिएका छन् । बुट्टाबीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ ।
गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंह अवतार, कच्छप अवतार, गोपीकृष्ण, जटायु, शिवलिंगलगायत नामकरण गरिएको संरक्षणमा संलग्न लालमणि भण्डारी बताउनुहुन्छ ।
भण्डारीका अनुसार स्थानीय बासिन्दाले ढेडु लखेट्दै जाने क्रममा गुफा भेटेका हुन् भन्ने भनाई छ । ‘गुफा फेला परेको लामो समय अस्तव्यस्त नै रह्यो’ उहाँ भन्नुहुन्छ– केही समययता भने स्थानीय बासिन्दा रेखदेख र संरणक्षमा जुटेका छन् । ‘अहिलेसम्म स्थानीय स्रोत केही छैन, हामीले सकेजति गुफाको रेखदेख र संरक्षण गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति