
काठमाडौँ । आखिर कुलमानसँग के रहेनछ ? कुन शक्ति रहेनछ ? अरु त अरु कुलमानले बौद्ध धर्मगुरुलाई समेत प्रभावमा पार्न सफल भएछन् ।
कुलमान, कुलमान । संसदमा कुलमान, न्यायलयमा कुलमान, सडकमा कुलमान, चौतर्फी कुलमान ।
स्वयम्भूस्थित मनाड समाज गुम्बामा २१ दिनदेखि चलिरहेको शनिबार समापन भएको छ । मनाड, मुस्ताडका प्रत्येक जसो घरबाट र बौद्धधर्म मान्ने हिमाली क्षेत्रका धर्मालम्बी पनि मनाड समाज गुम्बामा बिहान सबेरैदेखि अपराह्नसम्म धर्मालम्बीहरु उपस्थित हुन्छन् ।
त्यस अवधिमा ३ हजार भन्दा बढी धर्मालम्बी उपस्थित भएको धर्मसभा अर्थात् माने कार्यक्रमको नेतृत्व मनाड्कै बौद्धधर्म गुरु नु छिरीड्गले गरिरहनु भएको छ । हो, त्यही धर्मसभामा उपस्थित धर्मालम्बीले कुलमानको तस्विरसहितको प्लेकार्ड लिएर स्वयम्भू परिक्रमा गरे । धर्मगुरुको आदेश पालना गर्दै भक्तजनहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा गरेको नारावाजी हेर्न लायकै देखिन्थ्यो । तर, कुलमानको तस्बिरसहितको प्लेकार्ड लिएर लामबद्ध परिक्रमा गरीरहेका धर्मालम्वीलाई देख्नेहरु भने – ‘लौ हेर !!! कुलमानको रमिता, नेतालाई त पट्याउन भ्याएकै थियो, धर्मगुरुलाई पनि प्रभावमा पारेछ ।’
यसो भन्दा हाँसेर मजाक उडाउनेहरु देख्दा लामवद्ध कुलमानको जय जयकार गर्दै गरेका धर्मालम्बी भने मुख छोपेर लाज मानिरहेको दृश्य पनि रोचक नै लाग्दो थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय