
काठमाडौँ । जापानले भविष्यमा हुने सम्भाव्य विभिन्न सङ्क्रमण, रोग तथा सङ्कटबारे अनुसन्धान गर्ने भएको छ ।
त्यसको लागि जापानले नयाँ अनुसन्धान संस्था ‘जापान स्वास्थ्य सुरक्षा संस्था’ (जेआईएचएस) स्थापना गरेको छ ।
यो संस्था मङ्गलबार देखि शुरु गरिएको हो । यसलाई राष्ट्रिय सङ्क्रमण रोग संस्थान, राष्ट्रिय ग्लोबल स्वास्थ्य र चिकित्सा केन्द्रलाई मिलाएर निर्माण गरिएको हो । यसका मुख्य उद्देश्यहरू सङ्क्रमण रोगको सूचना विश्लेषण, अनुसन्धान र सङ्कटको प्रतिक्रिया प्रदान गर्नु हो ।
संस्थाले सङ्क्रमण रोगको जोखिम मूल्याङ्कन तथा सूचना सङ्कलन गर्ने र वैज्ञानिक तथ्यहरूको रिपोर्ट सरकारलाई दिनेछ । महामारीको स्थिति आएमा, सरकारसँग मिलेर औषधी तथा खोपको विकास गर्ने र उपचारका लागि मार्गनिर्देश तयार गर्ने काम गर्नेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा