
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम- कोरला सडकमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकास्थित छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएको छ ।
बेनी-जोमसोम- कोरला सडक आयोजनामार्फत छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन आवतजावतमा सहज भएको छ । छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो प्रिस्ट्रेस कङ्क्रिट विम प्रविधिको मोटरेबल पुल निर्माण गरिएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागार्इंले जानकारी दिनुभयो ।
‘पुलसम्म पुग्ने पहुँचमार्ग कालोपत्र गर्न बाँकी भए पनि अन्य काम सकिएपछि सवारीसाधन सञ्चालन गरिएको छ’ उहाँले भन्नुभयो– ‘छाक्ताङखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत बन्द हुने र खोलाबाट सवारीसाधन तार्नुपर्ने समस्या हटेको छ ।’
पुल निर्माण गर्न कालिका(गजुरमुखी जेभीले २०७६ साल चैतमा ७ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । पुलके ९९ प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको इञ्जिनियर चापागाईंले बताउनुभयो । दुई सय दुई किलोमिटर दूरीको बेनी(जोमसोम कोरला सडकमा छाक्ताङखोलासहित थप ६ वटा मोटरेबल पुल निर्माण भएको हो ।
बेनी–जोमसोम कोरला आयोजनाले पाँच वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँ मा ठेक्का सम्झौता भएको थियो । रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआई÷हिमालयन जेभीसँग ८ करोड ३० लाख ६८ लाख ४ सय ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले २०७६ साल असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बीस मिटर लामो लोमान्थाङ पुलको लागत ४ करोड ६८ लाख रुपैयाँ, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत ६ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ छ ।
पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो । योजनामार्फत १३ वटा पक्की पुल र ३ बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।
पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०÷७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको हो । थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सात वटा मोटरेबल पुल निर्माणाधीन छन् भने थप ५ ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ ।
पर्वतको मालढुुङ्गादेखि म्याग्दी हँुदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन आर्थिक वर्ष २०७३र७४ देखि शुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।
६ खण्डमा ८५ किमी ग्राभेल र ३ खण्डको २२ किमी सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना