
काठमाडौँ । बुद्धको जन्मभूमि लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह हुने भएको छ ।
अखिल नेपाल भिक्षु महासङ्घले फागुन १९ देखि २२ गतेसम्म लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह आयोजना गर्न लागेको हो । विश्व शान्ति मानव कल्याणको उद्देश्यले मायादेवी मन्दिर तथा त्यस वरपर क्षेत्रमा बुद्ध धर्मको मूल ग्रन्थका रुपमा स्थापित त्रिपिटक वाचन गर्न लागिएको हो । अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचारप्रसारका लागि त्रिपिटक बाचन गर्न लागिएको आयोजक समितिका कोषाध्यक्ष भिक्षुपंच मूर्ति महास्थविरले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत एशियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागिता रहने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटकको वाचन हुने छ ।
सुत्रपिटक अन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र, अभिधर्म पिटक वाचन र विनयपिटक वाचन गरिने छ । त्रिपिटक वाचनका क्रममा शान्ति पदयात्राको कार्यक्रम राखिएको छ । सर्वसाधारणसमेत सहभागी हुनसक्ने गरी कार्यक्रम आयोजना गरिएको छ ।
त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायान लगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ । ग्रन्थमा बुद्धले बुद्धत्व प्राप्त गर्दादेखि महापरिनिर्वाण हुनुअघिसम्म दिएका धार्मिक उपदेश तथूप्रवचन सङ्कलन गरिएको छ । बुद्धको महापरिनिर्वाणपछि बुद्ध बचनलाई एक सुत्रमा सङ्ग्रह गरिएपछि विभिन्न सम्प्रदायको विकास भएको पाइन्छ ।
त्रिपिटक अन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न समयमा विभाजन गरिएको छ । विनयपिटक अन्तर्गत सुत्तविभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन् । सुत्तपिटक अन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्त निकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटक अन्तर्गत धम्मसङ्गणी, विभङ, धातुकथा, पुग्गल पञ्ञती कथावत्थु, यमक र पट्ठान लगायत अध्याय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति